Logo
९ मंसिर २०८१, आईतबार
(December 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ३ को राजधानी, नामकरण सर्वसम्मत गरिने

हेटौँडा : प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी र नामकरणको विषय सर्वसम्मत निर्णय गर्नका लागि पर्खिएको बताउनुभएको छ ।

संसद् सचिवालय हेटौँडाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश राजधानीको विषय टुङग्याउनका लागि अदालतमा मुद्दा परेको र राजनीतिक सहमति पनि नजुटेकाले तत्काल टुङ्गो लगाउनका लागि समस्या भएको बताउनुभयो ।

सभामुख श्रेष्ठले प्रदेश नं ३ को हिउँदे अधिवेशन बिहीबारबाट सकिएको छ भने एक महीनापछि वर्षे अधिवेशन बस्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

उपसभामुख राधिका तामाङले नगर, महानगर, गाउँपालिकाका उपाध्यक्षको अधिकार कानूनमा उल्लेख भएर आए पनि उपसभामुखको अधिकार कानूनमा नै उल्लेख नहुँदा समस्या भएको बताउनुभयो ।

प्रकाशित मिति: Dec 29, 2018

प्रतिक्रिया दिनुहोस्