Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा नियमावली-२०७५ संशोधन मस्यौदा समिति गठन

काठमाडौं : राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो ।

नियमावलीमा एउटा बैठक र अर्को बैठकको समय ७ दिनभन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले बिजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संशोधन गर्न लागिएको हो ।

नियमावलीको धारा ६ को १ मा सभाको बैक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिन भन्दा बढी हुने गरी तोकिनेछैन भन्ने उल्लेख छ। नियमावलीले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ ।

मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विन्दा देवी आले(राना), वृषेशचन्द्र लाल र शेरबहादुर कुँवर सदस्य रहेका छन्।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्