Logo
३ मंसिर २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता संजय श्रेष्ठ नेपाली काँग्रेसको उपसभापतिमा मनोनित

इनरुवा : नेपाली काङ्ग्रेसको सुनसरी उपसभापतिमा इनरुवाका सञ्जय श्रेष्ठ मनोनित भएका छन् । लामो समयदेखि रिक्त रहेको उपसभापति पदमा श्रेष्ठलाई मनोनित गरेको नेपाली काङ्ग्रेस सुनसरीले जनाएको छ ।

जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको कार्यसमितिको बैठकले श्रेष्ठलाई नेपाली काग्रेस सुनसरीको उपसभापतिको पदमा मनोनित गरेको काङ्ग्रेस जिल्ला पार्टी सभापति तथा प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले बताएका छन् ।

कोइरालाका अनुसार नेपाली काँग्रेसको विधान अनुसार रिक्त रहेको उपसभापतिको पदमा पार्टीका तर्फबाट महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठलाई मनोनित गरिएको हो ।

नेपाली काँग्रेसको भातृ संगठन तरुण दल सुनसरीको संस्थापक सचिव समेत रहेका युवा नेता संजय श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्