Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अव नेपाली काङ्ग्रेसमा मित्रता र सहकार्यको राजनीति हुनेछ : डा. कोइराला

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गर्नुभयो । वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै उहाँले निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र नारायणप्रकाश साउँद तथा अन्य नेताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्