Logo
१२ मंसिर २०८१, बुधबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीमा कम्पनीका कर्मचारीमाथि नियामक निकायको यस्तो ‘अंकुश’ !

काठमाडौं : अब बीमा कम्पनीका कर्मचारी जथाभावि रुपमा विदेश भ्रमणमा जान नपाउने भएका छन् ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले अंकुश लगाउँदै बीमा कम्पनीका कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको हो । बीमा कम्पनीहरुका लागि निर्देशन जारी गर्दै समितिले आफ्नो अनुमति बिना विदेश भ्रमण जान नपाउने बताएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले आफूखुसी विदेशमा भ्रमणमा जाने चलन बीमा कम्पनीहरुमा अत्यधिक देखिएपछि समितिले यस्तो निर्देशन जारी गरेको बताए ।

उनका अनुसार बीमा कम्पनीहरुले स्कीम नै बाँडेर विदेश भ्रमण गराउने गरेको पाइएपछि निर्देशन दिन बाध्य भएको हो । अध्यक्ष चापागाईंले भने, ‘यसअघि स्वीकृति नलिई जाने गरेका थिए, तर हाम्रो सुशासन निर्देशिकामा नै यो व्यवस्था भएकाले हामीले निर्देशन दिएको हौं ।’

विदेश भ्रमण गर्दा मुलुकलाई नै फाइदा नगर्ने र त्यसको बदलामा स्वदेशमै घुमे पर्यटकीय क्षेत्रको थप विकास पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्