Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले लिएको अर्थ नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकेको दाबी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले लिएको अर्थ नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दाबी गरेका छन् ।

अध्यक्ष थापाले मुलुकको समृद्धिको मुख्य आधारको रुपमा रहेको रेमिट्यान्सको सदुपयोग गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले लिएको समाजवाद उन्मुख अर्थनीतिको नारा आकर्षक भएपनि त्यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरे ।

उनले मुलुकको समृद्धिका लागि आफ्नो पार्टीले उदार अर्थ नीतिको पक्षपोषण गरेको पनि बताए । अध्यक्ष थापाले मुलुकलाई समृद्ध बनाउन प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्