Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्या प्रकरणलाई राज्यले ढाकछोप गर्न खोजेको कांग्रेसकी सचेतक भुसालको ठहर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तका दोषीलाई कारबाही गर्न सरकार चुकेको बताएकी छन् । उनले निर्मला बलात्कार र हत्या प्रकरणलाई राज्यले नै ढाकछोप गर्न खोजेको पनि आरोप लगाइन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा सचेतक भुसालले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नै भनेको र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि बेलाबेला अनुसन्धानमा प्रहरी चुकेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यो चुक के थियो भनेर प्रश्न गरिन् ।

उनले भनिन्, कसको आदेशमा निर्मलाका बलात्कारी र हत्याराको प्रमाण सुरक्षाकर्मीले नष्ट गरेका हुन्रु सरकारले जानकारी दिनुपर्‍यो । भुसालले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रममा निर्मला हत्यामा संलग्न पक्राउ परिसकेको भन्दै दिएको अभिव्यक्ति कुन आधारमा थियो भनेर प्रश्न गरेकी थिइन् ।

भुसालले निर्मला हत्यामा संलग्न भनेर पक्राउ परेका विशाल चौधरी र प्रदीप रावललाई यातना दिएको दाबी गरेकी छन् । उनले यातना दिएर अपराध स्वीकार गराउन प्रहरीले भूमिका खेलेको र त्यो मानवअधिकार उलंघन भएको बताइन् । उनीहरूको मानसिक अवस्थामा गम्भीर क्षति पुगेको उनको धारणा थियो ।

साथै निर्मलाका बुबाको मानसिक अवस्था गुम्न लागेको र आमाले न्याय नपाएको भुसालको भनाइ थियो ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्