Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेसमा आक्रमक आन्तरिक तयारी : देउवाको विकल्पमा शशांक कोइराला

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फेरि पार्टी सभापति शेरबहादुर देउवा नहुने बताएका छन्। उनले देउवाको विकल्पमा आफू
रहेको संकेत समेत गरे।

नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले अर्कोपटक देउवा नै सभापति हुने बुझाई गलत भएको बताए।

उनले आफूपनि सभापतिको दौडमा रहेको स्पष्ट पारे। ‘शेरबहादुरजी यति अलोकप्रिय हुनुभयो कि पार्टीभित्र विकल्प खोज्नुपर्ने अवस्था आयो’, केन्द्रीय सदस्य गगन थापाको ‘शेरबहादुर फेरि सभापतिमा उठे हराउँछौं’ भन्ने अभिव्यक्तिको व्याख्या गर्दै उनले भने, ‘अर्को सभापति देउवा हुनुहुन्न्। अब नदिने, अर्को को बन्ने भन्ने टुंगो लाग्न बाँकी छ।’

उनले डा. शेखर कोइराला र सुजाता कोइरालासँगको बैठकलाई पारिवारिक विषय भन्दै परिवार जहिले पनि एक ठाउँमा हुने बताए।

रगतको कोइराला होइन विचारको कोइराला नेतृत्वमा आउनुपर्ने उनको भनाई छ। ‘सुजाता विरामी हुनुहुन्छ। हामी दुई जनामध्ये एक जना हुन्छ। नेता कार्यकर्तासँग परामर्श गरेर अघि बढ्छौं।’

यसअघि युवा नेता गगन थापाले पनि देउवा सभापतिमा उठे हराउने उद्घोष गरेका थिए। देउवालाई अब कुनै हालतमा नस्वीकार्ने उनको भनाई थियो। उनी अहिले नयाँ नेतृत्व ल्याउन सक्रिय छन्।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्