Logo
७ माघ २०८१, सोमबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा बैठक : बिगतका आलोचनालाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पास

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ ।

स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्धयले पेश गरेको प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्‍याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

शुक्रबार बिहान बसेको बैठकले प्रतिवेदन पास गरेको र अब परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ । साथै नेकपाले संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्