Logo
७ माघ २०८१, सोमबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने, पार्टीलाई विस्तार र सुदृढीकरण गर्न अभियानको थालनी

काठमाडौँ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेका छन् ।

काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केका दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्