Logo
९ मंसिर २०८१, आईतबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मापदण्ड उल्लंघन गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने

काठमाडौं : कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नियम, कानुन र मापदण्ड उल्लंघन गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने बताएकी छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि राज्यमन्त्री चौधरीले कानुन सबैलाई समान रुपमा लाग्ने भन्दै उल्लंघन गरे कारवाही गर्न सरकार पछि नहट्ने बताइन् ।

जेठ २१ गते मन्त्री चक्रपाणि खनालको नेतृत्वमा अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्य मन्त्री चौधरी बिहीबार बिहान कालिमाटी पुगेकी हुन् । उनले पहिलेको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नु पर्ने ठाउँ रहेको बताइन् ।

पहिलो पटक अनुगमनमा आउँदा निक्कै अस्त व्यस्त र फोहोर थियो । राज्यमन्त्री चौधरीले भनिन्, ‘अहिले त्यसमा केही कमि आएको जस्तो देखिएको छ तर यतिले मात्र पुग्दैन ।’

कालिमाटी मुख्य तरकारी तथा फलफूल बजार भएको भन्दै चौधरीले त्यहाँ जस्तो हुन्छ देशभरि त्यस्तै सन्देश जाने भएकाले बजारको स्तरोन्नतिका लागि सबैको उत्तिकै पहल गर्नु पर्ने बताइन् ।

विकृति अन्त्य गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै राज्य मन्त्री चौधरीले भनिन्,‘अर्को पटक आउँदा सुधारको नमुना देख्न पाइयोस् ।’ राज्यमन्त्री चौधरीले परिक्षण प्रयोगशालाको पनि निरीक्षण गरेकी थिइन् ।

तर उक्त प्रयोगशाला प्रयोगशाला जस्तो पनि नभएको उनको टिप्पणी थियो । व्यवयायीले भने तरकारी तथा फलफूल बजार सानो भएको, कृषि उपज ढुवानी गर्ने सवारी साधानमा निर्वाध प्रयोगमा समस्या रहेको, मिडियाले विभिन्न आक्षेप लगाएर आफूहरूलाई एकतर्फी पेल्ने काम गरेको जस्ता गुनासा गरेका थिए ।

यद्यपि उनीहरुले बजार सुधारका लागि जुनसुकै सहयोग गर्न पनि आफूहरू तयार रहेको बताएका छन् । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कालिमाटीमा ५६३ वटा स्टर रहेका छन् ।

जेठ २१ गते मन्त्री खनाल र राज्य मन्त्री चौधरीको अनुगमनपछि कारवाहीका लागि सिफरिस गरिएका ९८ जना व्यवसायीलाई कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टीकरण सोधी ५७ जना व्यवसायीको इजाजत खारेज गरेको थियो ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्