Logo
७ पुस २०८१, आईतबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायधीश जबराविरुद्ध परेका उजुरीबारे छलफल, उजुरीकर्तालाई भोलि बोलाइयो

काठमाडौं : प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिमा छलफल भएको छ । समिति सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकमा समिति सदस्यहरुबीच जबराविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको हो ।

जबराविरुद्ध समितिमा नौवटा उजुरी परेका र उजुरीकर्ताहरूलाई भोली दिउँसो ३ बजे छलफलका लागि बोलाउने निर्णय बैठकले गरेको समिति सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

प्रधानन्यायाधीशमा सिफारिस जबराबिरुद्ध गएको पुस २ गतेदेखि सार्वजनिक उजुरीका लागि आह्वान गरिएको थियो । संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्