Logo
७ माघ २०८१, सोमबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

In Depth : महतोको पाचौं प्रयासपछि राजपा अध्यक्ष मण्डलको बैठक त बस्यो तर झाको बहिस्कार

काठमाडौं : चौतर्फी आलोचना र बिभिन्न चर्चापरिचर्चाबीच अन्ततः बुधवार राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठकमा पुर्व संयाजक महन्थ ठाकुर उपस्थित भएका छन् भने अर्का सदस्य अनिलकुमार झाले बहिस्कार गरेका छन् ।  राजपा पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधवार बसेको अध्यक्ष मण्डलको बैठक झाले बहिस्कार गरेका हुन् ।

संयोजकमा राजेन्द्र महतोले जिम्मेवारी सम्हालेपछि ठाकुर र झाले बिभिन्न बहाना गर्दै बैठमा आउन अस्विकार गर्दै आएका थिए । तर नागरिक टाइम्स लगायत बिभिन्न संचारमाध्यममा आलोचनात्मक समाचाहरु आएपछि बुधवार राजपा अध्यक्ष मण्डलको बैठक बसेको हो । तर झा भने पार्टी कार्यालयमै भएर पनि बैठकमा भने अनुपस्थित भएका थिए । ‘म अहिले साथीहरुसँग छलफलमा छु, बैठकबारे केहि भन्न चाहान्न’ झाले भने,‘ यस विषयमा पछि कुरा गरौँला म अहिले केही भन्न चाहन्न ।’  पटक-पटक बैठक गराउने तयारी भएपनि राजपा अध्यक्ष मण्डलको बैठक बस्न सकेको थिएन । महाधिवेशनको प्रकृया सुरु गर्न आवाश्यक पर्ने नयाँ सदस्यता वितरण र पुरानो सदस्यता नविकरण लगायतका निर्णय गर्न राजपाको बैठक बसेको हो । महतो अध्यक्ष मण्डलका संयोजक बनेपछि यो पहिलो बैठक हो । अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने निर्णयमा झाले फरक मत लेखेका थिए । त्यसबेला संयोजक रहेका महन्थ ठाकुरलाई नै महाधिवेशनसम्म संयोजक बनाउनु पर्ने तर्क उनको थियो ।

यसकारण झाले गरे बहिस्कार

तत्कालीन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक बनाएदेखि नै असन्तुष्ट बनेर लगातार बैठक बहिष्कार गरेका अध्यक्ष मण्डलका सदस्य झाले आजको बैठक पनि बहिष्कार गरे । तत्कालीन संयोजक ठाकुरले आफ्नो पक्षलाई मनाएर मात्र बैठक बोलाउन संयोजक महतोलाई चुनौति झाले दिएपछि राजपामा आन्तरिक कलह बढ्दै गएको हो ।

बैठकले आसन्न महामधिवेसन तयारीका लागि सदस्यता नवीकरणलगायतका निर्णय गर्ने कार्यसूची तय भएको थियो । झाले बहिष्कार गरे पनि बैठक भने रोकिएन । बैठकले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटवार्ताको समीक्षा गरेको थियो । संयोजक फेरिएको एक महिना बित्दा पनि अध्यक्ष मण्डलको बैठक बस्न सकेको थिएन ।

राजपा नेपालको निर्णय : पुस १८ गते देशभरका जिल्लामा विस्तारित बैठक

राष्ट्रिय जनता पार्टी नेपालले पुस १८ गते देशभर जिल्लास्तरीय विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सो पार्टीको अध्यक्ष मण्डलको बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्ष मण्डललाइ निर्देशन दिएको हो ।

बैठकले पुस २५ गते सबै जिल्लामा वडास्तरीय विस्तारित बैठक बोलाउन समेत निर्देशन दिएको छ । अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशन प्रयोजनका लागि साधारण र सक्रिय सदस्यता वितरण अभियानलाई माघ १५ गतेम्म थप्ने निर्णय समेत गरेको छ ।

बुधवारको बैठकको निर्णय

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्