Logo
९ मंसिर २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वरमा हुने जाम कम गर्न वैकल्पिक उपाय खोज्दै ट्राफिक प्रहरी

काठमाडौं : ट्राफिक निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूर्णचन्द्र जोशीसहित ट्राफिक महाशाखाका प्रमुख विरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वशन्त पन्तले कोटेश्वरमा हुने जाम निरीक्षण गरी उक्त जाम कम गर्न वैकल्पिक उपाय खोज्ने बताएका छन् ।

कोटेश्वर हुँदै पूर्वी तराईका विभिन्न जिल्ला जाने लामो सवारी साधनहरूलाई कोटेश्वर चोकभन्दा भक्तपुरको जडिबुटी क्षेत्रतिर रोक्नु पर्ने व्यवस्था मिलाउन सकेमा केही मात्रामा भए पनि ट्राफिक जाम कम हुने डिआइजी जोशीको भनाइ छ ।

त्यस्तै सडकको बायाँ लेनमा बाधा नपग्ने र नियमित सवारी साधान संचान गर्न लेनमा कडाइ गरिने डिआइजी जोशीले बताए । महाशाखाका प्रमुख एसएसपी पन्तले भने कोटेश्वरचोकमा ट्राफिक बत्ती नहुँदा ट्राफिक जाम कम गर्न असहज भएको बताए । भक्तपुरको जडिबुटी हुँदै मनोहरा कोरिडोर निर्मण भए कोटेश्वर जाम कम हुने पन्तको भनाइ छ ।

हाल कोरिडोर निर्माण कार्य तीव्र गतिमा भइरहेको पन्तले बताए। तराई हुँदै काठमाडौं भित्रिने मुख्य नाका कोटेश्वरमा हाल अधिकांश समय जाममा बस्नु पर्ने गुनासो बढेपछि डिआइजी पूर्णचन्द्र आफैँ निरीक्षणमा पुगेका थिए । कोटेश्वर चोक हुँदै दैनिक एक लाख सावरी साधन काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गर्छन्।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्