Logo
६ माघ २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक माथि आएका सुझाव र आलोचनाको सकारात्मक पक्षलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गरिने

काठमाडौं : सत्तारुढ दल नेकपाको जारी बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राजनीतिक प्रतिवेदनमाथि आएका सुझाव र आलोचनाको आधारमा सकारात्मक पक्षलाई परिमार्जित प्रतिवेदनका रुपमा पारित गर्नुपर्ने बताएका छन् ।

जारी बैठकमा सदस्यले बोलिसकेपछि पार्टी अध्यक्ष प्रचण्डले धारणा राखेका थिए । धारणामा पार्टी एकतालाई थप बलियो बनाउने उनको भनाइ छ । साथै पार्टी एकतालाई मजबुत बनाउने आधार मिलेको उनले बताए ।

प्रचण्डले सरकारको रक्षाका लागि एकतावद्ध भएर अघि बढ्न पनि सदस्यलाई अपिल गरेका छन् । बैठकबाट नेतृत्वलाई आफ्ना कमजोरी बुझ्न मौका मिलेको उनको भनाइ छ ।

उनले पार्टी र सरकारलाई अलग अलग नगरेर, द्वन्द्धात्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउने प्रतिवद्धता राखे । साथै यो बैठक ऐतिहासिक महत्वको भएको अध्यक्ष प्रचण्डको दाबी छ ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्