Logo
६ माघ २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना, एकताबद्ध हुन अध्यक्ष दाहालको आह्वान

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाऊ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले बुधबारको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व अभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

पार्टी स्थायी समितिका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

स्थायी कमिटीका सदस्यहरुले रोखेको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता अध्यक्ष दाहालले व्यक्त गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

परिमार्जित सो प्रतिवेदनले पार्टी र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्दैै पार्टी एकतालाई अझ बलियो बनाउने अध्यक्ष दाहालको विश्वास थियो । अध्यक्ष दाहालले पार्टी स्थायी समितिको जारी बैठकले पार्टीलाई एकतावद्ध मात्रै बनाउने नभई सरकारलाई सफल बनाउन पनि बलियो आधार प्रदान गरेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले बैठकमा पार्टी नेतृत्वले गरेको गल्ती औंल्याउने काम समेत स्थायी समिति बैठकमा भएको भन्दै त्यसलाई सच्याउँदै अघि बढ्ने धारणा पनि राखेको प्रवक्ता श्रेष्ठले बताए । मंसिर २९ गतेबाट जारी पार्टी स्थायी समितिको बुधबारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठाइएको प्रश्नको जवाफ अध्यक्ष दाहालले दिएका हुन् ।

भोलि बिहिबार बस्ने बैठकमा राजनीतिक प्रतिवेदनमाथि राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनेछन् । सोही बैठकले सो राजनीतिक प्रतिवदेनलाई परिमार्जन गर्न आवश्यक कार्य दल बनाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्