Logo
६ माघ २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरको ‘बिरामी राजनीति’ : तमलोपामा ठिक तर राजपा बैठकको नाम सुन्न बितिकै बिरामी !

काठमाण्डौ : बाहिरी दुनियाँमा महन्थ ठाकुरलाई एउटा सन्त नेता झै मानिएको छ तर बेला बेलामा उनको कतिपय ब्यवहाहरु भने उनको सन्तमय प्रति प्रशन उठाउने गरिएको हुन्छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय जनता पार्टीको बैठक अन्तिम समयमा स्थगित भयो । उनकै इच्छा अनुसार बोलाइएको बैठक अन्तिम समयमा स्थगित हुनुको कारण बताइयो, महन्थ ठाकुरको स्वास्थ्य । त्यसो त यसैगरी अन्तिम समयमा बैठक स्थगित भएको यो पहिलो पटक होइन । राजपामा संयोजक परिवर्तन भएपछि पटक–पटक भइसकेको छ ।

संयोजक पद परिवर्तन भएपछि देखिएका उनका ब्यवहारहरुप्रति राजपाका कयौं नेताहरुले प्रशन उठाइसकेका छन् । अध्यक्षमण्डलकै एकजना सदस्य महेन्द्रराय यादवले त संयोजक पद छोडनुपरेपछि ठाकुरजीको सर्वस नै हरण भएको झै उहाँले ब्यवहार देखाउने गरेको औपचारिक रुपमै बताइसकेका छन् ।

पटक पटक बैठक बोलाइनु तर बस्न नसकिएको स्थितिलाई महतो पक्षका नेताहरुले भने ठाकुरको असन्तुष्टिलाई जोडेर प्रतिक्रिया दिने गरेका छन् । ठाकुर र उनका पक्षका नेताहरुले संयोजक परिवर्तनलाई स्भाविक रुपमा लिन नसक्दा पार्टीमा गम्भीर बैठक नै हुन नसकेको महतो पक्षका नेताहरुले तर्क छ । ुखासमा ठाकुरलाई संयोजकबाट हट्नुपरेकोमा निकै ठूलो पीडा छु, नाम उल्लेख नगर्ने शर्तामा एक नेताले भने ‘ठाकुरजी र पुर्व तमलोपा टिमले संयोजक पद परिवर्तनलाई सहज रुपमा लिनै सक्नुभएको छैन।’

यस्तो छ विवादको जरो
गत मंसिर ४ गतेको अध्यक्ष मण्डलको बैठकले मंसिर ५ गतेदेखि लागू हुने गरेर राजपामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्‍यो । नयाँ संयोजकको रुपमा अर्का अध्यक्ष राजेन्द्र महतो चयन भए । बहुमतबाट यो निर्णय गरिएको थियो । निर्णयमा अनिल झाले मात्र ुनोट अफ डिसेन्टु लेखेका थिए ।

राजपा गठन भएको झन्डै २० महिनापछि भएको यो परिवर्तनलाई ठाकुर पक्षीय नेताहरुले स्वभाविक रुपमा लिन सकेका छैनन् । कतिपय नेताहरु त ठाकुरमाथि ‘कू’  भएको प्रतिक्रिया नै दिने गरेका छन् । संयोजक परिवर्तनसँगै ठाकुर पार्टी कार्यालयमा पनि कमै मात्र जान थालेका छन् । सो विवादपछि उनी बबरमहलस्थित तत्कालीन तमलोपाको पुरानो कार्यालयमा बारम्बार जान थालेका थिए ।

उनले राजपामा देखिएको परिवर्तन नरुचाएको विभिन्न संकेतहरु दिएका छन् । परिवर्तनबाट असन्तुष्ट नेताहरुमा पूर्व तमलोपाका नेताहरु छन् । ठाकुरले उनीहरुको असन्तुष्टि सम्बोधन गर्न भन्दै आफ्नो असन्तुष्टिलाई घुमाउरो रुपमा महतोलाई संकेत गरिरहेका छन् । जसका कारण राजपाको बैठक बस्नै सकस हुँदै आएको छ ।

‘उहाँ पक्षका नेताहरुलाई भेटेर शनिबार नै छलफल गरिएको पनि होु, एक नेता भन्छन्, ‘तर कुनै पनि कुरा स्पष्ट भन्दैनन् । सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्छन् । त्यसका अतिरिक्त यो भएन पनि भन्दैनन् । यसो गर्नुपर्‍यो पनि भन्दैनन् । अर्घेल्याइँ गर्ने अभिप्राय देखिन्छ ।’

निरन्तर बैठक स्थगित
महतो संयोजक भएको एक महिना बितिसक्दा समेत एउटा पनि बैठक बस्न सकेको छैन। मंसिर ६ तथा ७ मा बस्ने तयारी गरिएको बैठक स्थगित भयो । संयोजक परिवर्तनपछि पहिलोपटक मंसिर १० गतेका लागि बैठक बोलाइयो । तर अन्तिम समयमा बैठक स्थगित भयो । ठाकुरले असन्तुष्टि जनाइरहेकै थिए, अर्का नेता राजकिशोर यादव पनि उपत्यका बाहिर भएपछि बैठक बस्न सकेन ।

अर्को बैठक मंसिर १४ का लागि बोलाइयो । यो बैठकमा पनि ठाकुर नआउने भएपछि उनलाई फकाउन महतो उनको निवासमै पुगेका थिए । बाहिर नराम्रो सन्देश गएको भन्दै उनले बैठकमा आउन जोड गरेका थिए । तर सो दिनको बैठकमा पनि प्रभावकारी भएन । ठाकुरले आफू अस्वस्थ भएको र उपचारका लागि नयाँ दिल्ली जानु परेकाले फर्केपछि बैठक बस्न प्रताव गरेका थिए ।

त्यसपछि बैठक औपचारिक रुपमा नबस्दै स्थगित भयो । १४ गते स्थगित भएको बैठकपछि १६ गते ठाकुर उपचारका लागि भारत गए । उनी फर्केपछि पनि बैठक बस्नको लागि पहल हुँदै आएको तर बस्न नसकेको राजपाका नेताहरु बताउँछन् । लामो समयपछि मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भयो । ठाकुर बिरामी भएकाले बैठक स्थगित भएको राजपाका नेताहरुले जानकारी दिए ।

‘ठाकुरजी को यो राजनीतिक चाल हो दिनभर तमलोपा कार्यालयमा बसिरहँदा उहाँलाई केहि हुँदैन तर राजपा बैठकको नाम सुनयो की उहाँ बिरामी पर्नुहुन्छ ।’ एक नेताले भने ‘आफू निकै सन्त नेताको उहाँ ढोँग गर्नुहुन्छ तर उहाँको दिल भने उत्तिकै कपटी रहेको छ ।’

बालुवाटार संगै छिरेका नेताहरू पार्टी बैठकमा भने बसेनन्


मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजपा नेताहरूले मिलेर भेटवार्ता गरेका भए पनि आपसी विवाद समाधान गर्न बाटो पहिल्याउन सकेका छैनन् । मंगलबार बिहान राजपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । नेताहरु बालुवाटारमा भएको बैठकका लागि सँगै गएका थिए ।

राजपाका नेताहरूले प्रधानमन्त्री ओलीसँगको भेटपछि १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक गर्ने अपेक्षा गरिएको थियो । तर, त्यस्तो हुन सकेन । सबै अध्यक्षहरू संगको सल्लाहमानै संयोजक राजेन्द्र महतोले अध्यक्ष मण्डलको बैठक बोलाएका थिए। पूर्व संयोजक ठाकुरको सुझावमानै १ बजेको लागि बोलाईएको बैठक पछि २ बजेको लागि सारिएको थियो ।

बैठकका लागि संयोजक महतो सहित अर्का अध्यक्षहरू महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव मधेश भवन पुगिसकेका थिए ।उनीहरू ठाकुर र अनिल झाको प्रतीक्षामा बसि रहे। ठाकुरले आफू उपचारको लागि डेण्टिस्टका पुगेको खबर पठाए। अनिल झाले आफूलाई बैठकबारे कुनै जानकारी न रहेको र बैठक बस्ने सम्भावना पनि नरहेको बताए ।

संचारकर्मीसंगको प्रतिकृयामा अनिल झाले ‘किन पार्टी कार्यालय जानु पर्यो, बैठक हुन्छ र ? भन्दै प्रति प्रश्न गरे । केही बेरपछि फेरि महन्थ ठाकुरको बारेमा खबर आयो उनी बिएण्डबी हस्पीटलमा छन् । डेण्टिस्ट कहां जाने ठाकुर अचानक बिएण्डबी हस्पीटल किन पुगेरु के सांच्चै उहांलाई केही समस्या भयो कि भन्दै अध्यक्षहरू आत्तिए ।

उहांको बारेमा जिज्ञासा राख्न अध्यक्ष मण्डलका संयोजक महतो सहित भण्डारी र राजकिशोर सबैले ठाकुरलाई फोन लगाए तर ठाकुरले कसैको पनि फोन उठाएनन । त्यसपछि अध्यक्षहरूमा झन तनाव बढ्यो। पछि ठाकुरका सहयोगी, चालक र पीएसओ सबैलाई फोन गरियो तर कसैसंग संपर्क हुन नसकेको कुरा अध्यक्ष मण्डलका एकजना सदस्यले बताए ।

पछि ५ बजे संयोजक महतोको फोनमा ठाकुरले आफू आज आउन नसकेको भन्दै भोलि अर्थात बुधवार ११ बजे बैठक बोलाउन सुझाव दिए। मंगलवारको बैठक पनि ठाकुरको कारणले गर्दा बस्न सकेन । ठाकुर आए अनिल झा पनि बैठकमा सहभागी हुने विश्वास गरिएको थियो ।

पछि पता लगाउंदा ठाकुर बालुवाटारबाट सीधै तमलोपा कार्यालयमा पुगेका थिए । त्यहां उनको भेंट पार्टीका दुई नेता सर्वेन्द्रनाथ शुक्ला र वृखेसचन्द्र लालसंग भएको जानकारी त्यहांका कार्यालय सहयोगीले दिएका थिए । उनी बैठकको तय समय दुई बजे सम्म त्यही कार्यालयमा बसि रहे । पछि अस्पताल जाने नाउमा उनी निस्किए पनि सिंहदरबार भित्र छिरेका थिए ।

राजपा संसदीय दलको कार्यालयमा पहिले देखिनै अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा बसेका थिए। ठाकुर आफ्ना सहयोगीहरू शुक्ला र लाल सहित संसदीय दलको कार्यालयमा ५ बजे सम्म बसि रहे। तर पार्टी बैठकमा सहभागी नभई आफ्नो असंतुष्टि प्रकट गरेका थिए ।पार्टीका नेता तथा निवर्तमान संयोजक महन्थ ठाकुरले संयोजक राजेन्द्र महतोलाई पार्टीभित्रको विवाद निकाल्न जुक्ति बताएको पार्टीका नेताहरू बताउँछन् ।

ती नेताहरूका अनुसार संयोजक महतोले त्यसअनुरूप पहल गरे पनि पार्टीभित्र विश्वासको वातावरण निर्माण हुन सकेको छैन । ठाकुर निकट मानिएका डा. सुरेन्द्र झाले भने, “पार्टीमा विवाद भएको अब स्पष्ट भइसकेको छ । यसको समाधान नभएसम्म बैठक बस्ला भन्ने देखिँदैन । अध्यक्ष मण्डलबाट यो समस्याको समाधान होला जस्तो देखिँदैन । यसको समाधान पार्टीका अन्य निकायबाट खोज्नुपर्ने देखिन्छ । राजनीतिक समितिबाट नभए पदाधिकारी समितिबाट खोजियोस्, तर नखोजिएसम्म पार्टी अगाडि बढ्न गाह्रो छ ।”

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्