Logo
१२ मंसिर २०८१, बुधबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा पनि उस्तै पारा : आफ्नै घर बसेर जनप्रतिनिधिहरु कोठाभाडा लिँदै

विराटनगर : अन्य प्रदेश जस्तै प्रदेश १ मा पनि उस्तै पारा देखिएको छ । प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको हो ।

प्राय: आफ्नै घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् ।

प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ ।

घरभाडा बुझ्नेहरुमा विपक्षीदलका नेता राजिव कोइरालाको समेत नाम रहेको पाईएको छ ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्