Logo
६ माघ २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदै, यस्तो छ कार्यसुची !

काठमाडौं: संघीय संसद्को हिउँदे अधिवेशन बुधबारबाट शुरु हुँदैछ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले बुधबारबाट शुरु हुने हिउँदे अधिवेशनको पहिलो दिन बस्ने प्रतिनीधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राख्ने सम्भावित कार्यसूची तय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएअनुसार दिउँसो ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनु  हुनेछ ।

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुले मन्तव्य राख्ने सभामुख महराले जानकारी दिनुभयो । प्रतिनिधिसभाको आजकै दोस्रो बैठकमा पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको छ ।

त्यस्तै कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने कार्यसूची तय भएको  छ ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्