Logo
६ माघ २०८१, आईतबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा संयोजक महतोको आज पाचौं प्रयास : “बिफल भए विकल्पको मार्ग अपनाइने”

काठमाडौं : संयोजक बनेपछि राजेन्द्र महतोले पाचौं प्रयासको रूपमा आज ११ बजे राजपा अध्यक्ष मण्डलको बैठक बोलाएका छन् । उनी संयोजक बनेपछि एक पटक पनि बैठक बस्न पाएको छैन । पुर्वसंयोजक महन्थ ठाकुर र सदस्य अनिल झाले विभिन्न बहाना गर्दै बैठक टार्दै आएका छन् ।

हिजो प्रधानमन्त्रीसँगको वार्तापछि आन्तरिक छलफल गर्न मंगलबार दिउँसो १ बजे बस्ने भनिएको राजपा अध्यक्षमण्डलको बैठक पनि ठाकुर र झाका कारण स्थगित भएको थियोे ।

सदस्य ठाकुरले बिरामी भएको बहान देखाएका थिए भने झाले आफूलाई समयमै बैठकबारे कुनै जानकारी न दिएको आरोप लगाएका थिए । त्यसपछि पछि आज (बुधबार) बिहान ११ बजेका लागि बैठक सारिएको थियो ।

“हिजो १ बजेका लागि अध्यक्षमण्डलको बैठक बोलाइएको थियो । प्रधानमन्त्रीलाई भेटेर फर्कंदा ठाकुरजीको दाँत दुखेर अस्पताल जानुभयो । उहाँको उपचारमा ५ बजेसम्म लागेकाले उहाँकै आग्रहमा आज बिहान ११ बजे बस्ने तय छ,’ अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्रराय यादवले भने ।

उनका अनुसार अध्यक्षमण्डलको बैठक बस्न ढिला हुँदा ७-९ वैशाखका लागि तय भएको महाधिवेशन प्रभावित हुने सम्भावना देखिएको छ । राजपामा अहिलेसम्म सदस्यता नवीकरण र नयाँ वितरणको कार्यसमेत सकिएको छैन ।

यादवका अनुसार ठाकुर र झाले पटक-पटक विभिन्न बहाना गर्दै बैठक बस्ने वतावरण बन्न दिएका छैनन् ।

“खोइ ठाकुरजीको के सवर्स हरण भयो कुन्नी उहाँ र उहाँको समूह त तिलमिलाईसके छन् । अनिलजी त झन गोहीको आँसु झार्दैछन् । आत्ती हुनु हुँदैन, उहाँहरुकै कारण हामी राजपालाई डुब्न दिन्नौं ।” उनले भने- “आवश्यक परे बिकल्पको मार्ग अपनाउछौं । ठाकुरजी र झाजीको गोजीको दल राजपा होईन” ।

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्