साउथ एशिया च्याम्पियनशिपमा प्रथम भएका केसी सहित १० खेलाडी सम्मानित
जनकपुरधाम : चारवटा देश सहभागि रहेको दोश्रो साउथ एशिया क्योकोशिन कराँते च्याम्पियनशिपमा प्रथम पद्क हासिल गर्न सफल भएका निर्मल केसी सहित १० खेलाडीलाई प्रदेश सरकारको समाजिक विकास मन्त्री नवलकिशोर साहले सम्मान गरेको छ ।
मंगलवार आयोजित एक समारोहक बीच प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र प्रदेशसभा सांसद सुरिता साहले सम्मान गरेको हो ।
भारतको वेस्ट बङ्गालमा भएको क्योकोशिन कराँतेमा १६ पद्क मध्ये १० पद्कमा कब्जा गर्न सफल भएकोमा सम्मा गरेको थियो ।
सम्मान समारोहमा बोल्दै समाजिक विकास मन्त्री साहले आफ्नो देशका झण्डा अरु देशमा फहराउने र देशको नाम उच्च गरिमाका साथ कायम राख्ने खेलकूद नै भएकोले यसले देशको सम्मान मद्दत पु¥याउने बताएका छन् ।
उनले १६ मध्ये १० पद्कमा कब्जा गर्नु प्रदेश र देशको लागि गौरवमय विषय रहेको बताउँदै यस्ता खेल र खेलाडी प्रति उच्च सम्मान प्रकट गरे ।
मन्त्री साहले खेलाडीको जीवन यापनका लागि प्रदेश सरकारले प्रत्येक सामुदायिक बिद्यालयमा खेलकूद प्रशिक्षकको रुपमा नियुक्ति गर्न लागेको जानकारी दिदै खेलकूद तथा महिला आत्मरक्षा तालिमका लागि कराँते प्रशिक्षकहरुलाई खटाईने बताए ।
उनले नेपालको नाम देश तथा विदेशमा फिँजाउने एउटा शसक्त माध्यम खेल भएकोले यसप्रति सबै जागरुक एवं ईमान्दारिताका साथ लाग्नुपर्नेमा जोड दिए ।
यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकूदको माध्यमबाट देशको नाम विश्वसामु चिनाउने एउटा माध्यम भएको बताए । उनले खेलकूदको विकासले देशलाई नै स्वस्थ्य र समृद्ध बनाउने भएकोले प्रदेश सरकारले खेलकूदको विकासमा लागेको बताए ।