Logo
१० मंसिर २०८१, सोमबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिन बितिसक्दा पनि अझै नियन्त्रणमा आएन आगलागी

गोरखा : उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

‘‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’’ उनले भने । अहिलेसम्म कति हेक्टर जङ्गलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ ।

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जङ्गलमा भएको आगलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी (रेञ्जर) त्यसतर्फ पठाइको भए पनि भौगोलिक विकटताका कारण आज अबेरसम्ममा मात्र त्यस क्षेत्रमा पुग्ने उनले बताए । आगो वीरेन्द्र तालतर्फ फैलिँदै गएको आयोजना प्रमुख लामाले बताए ।

आगलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जङ्गली जनाबर तथा चराचुरुङ्गी बढी जोखिममा परेको लामाको भनाइ छ । उक्त क्षेत्र कस्तुरीको बासस्थान क्षेत्र पनि हो ।

त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तल्लो क्षेत्रमा कालोभालुलगायतका दुर्लभ जातका जङ्गली जनाबर र पशुपक्षी आगलागीको जोखिममा परेका छन् । स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिनसक्ने अवस्था नै नभएको जानकारी दिएको आयोजना प्रमुख लामाको भनाइ छ ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्