Logo
६ माघ २०८१, आईतबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी कमिटीको बैठक बुधबारदेखि पुनः सूचारु, दोहोरो सुविधा लिने नेताको बचाउमा : नेता श्रेष्ठ

पोखरा : नेकपाका नेताहरुले राज्यकोषबाट दोहोरो सुविधा लिँदै आएको विषयमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बचाउ गरेका छन्। मंगलबार पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मलेन कार्यक्रममा श्रेष्ठले दोहोरो सुविधा लिँदै आएका नेताहरुको बचाउ गरेका हुन्।

‘हाम्रा मन्त्रीहरूले दोहोरो सुविधा लिएका छैनौँ’ भनेर नेता श्रेष्ठले स्पष्टीकरण दिएका छन् । उनले भने, ‘लिएको हो भने हामी गम्भीरतापूर्वक लिन्छौँ। यो नियतजन्य पनि हुन सक्छ ।

उनले भने ‘अहिले त हाम्रा मन्त्री कम्रेडहरुले दोहोरो सुविधा लिएको छैन नै भन्नु भएको छ’, साथै उनले नेकपाको स्थायी कमिटी बैठकले एकतालाई अझ सुदृढ बनाउने तर्क गरे। ‘पार्टी एकतालाई सुदृढ गर्ने र नेकपा नेतृत्वको सरकारलाई कसरी सफल बनाउने भन्ने विषयमा स्थायी कमिटीमा गम्भीर छलफल भएको छ,’ उनले, ‘यसले पार्टीको एकताालाई पनि सुदृढ बनाउँछ।’

रोकिएको स्थायी कमिटीको बैठक बुधबारदेखि पुनः सूचारु हुने उनले बताए। एकीकरण नटुंगिएकोमा माफी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपनि तल्लो तहसम्म पार्टी एक हुन नसकेको प्रति श्रेष्ठले माफी मागेका छन् । ‘यो ढिलो भयो भन्ने कुरा हाम्ले आत्मालोचना गर्नैपर्छ,’ उनले भने, ‘सचिवालयकै तर्फबाट म आत्मालोचना गर्न चाहन्छु ।

पार्टी एकिकरणको काम भूइँ तहसम्म नै तीन महिना भित्र गरिसक्ने भन्ने थियो । सात महिनासम्म पनि त्यो गर्न सकेनौँ कमजोरी भएको छ।’ पार्टी एकीकरणमा भएको ढिलाइले अन्योलता सिर्जना गरेको भएपनि छिटो नै सांगठनिक एकीकरण हुने नेता श्रेष्ठले बताए।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्