Logo
६ माघ २०८१, आईतबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको अल्टिमेटमपछि प्रचण्डसंग छलफल गरेर संशोधन प्रक्रिया थाल्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई प्रधानमन्त्री केपि शर्मा ओलीले फेरि आश्वासन दिएर पठाएका छन् । तर उनले यसपटक ७ दिनको आफूलाई समय दिन राजपासँग आग्रह गरेका छन् । संविधान संशोधन गर्न आफू तयार रहेका भन्ने प्रधानमन्त्री ओलीलाई भेटेर मंगलवार राजपाका नेताहरुले निकै चर्को त्वरले आक्रोश ब्यक्त गरेका हुन् ।

मंगलवार बिहान आफनै निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राजपाका नेताहरुसंग ७ दिनको समय मागेका छन् । ७ दिनभीत्र संविधान संशोधनको तयारी थाल्ने प्रधानमन्त्रीले आश्वासन दिएको राजपा संयोजक महतोले बताए । अबको ७ दिनमा पनि सरकारले संशोधनको प्रक्रिया शुरू गरेन भने समर्थन फिर्ता हुने आफूहरुले अल्टीमेटम दिएको बताए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाको मांगप्रति प्रधामन्त्री ओली एकदम सकारात्मक रहेको र संविधान संशोधनका लागि पार्टी का अर्का अध्यक्ष प्रचण्डसंग कुरा गर्ने बताए । यसअघि दशैका बेला पनि राजपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छठपछि सम्म पनि संविधान संशोधनको प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।

दसैंअघि पार्टीभित्र र अरु दलसँग छलफल गरेर संविधान संशोधनको प्रस्ताव तयार पार्ने प्रतिबद्धता जनाएर राजपाका नेतालाई बालुवाटारबाट बिदाइ गरेका ओलीले ३ महिनापछि पनि आज उस्तै आश्वासन दिएर फर्काएका छन् ।

मंगलबार बिहानको भेटमा पनि प्रधानमन्त्री ओलीले यसअघिकै जस्तो आश्वासन दिएको अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादवले बताए । दश महिनाअघि संविधान संशोधन गर्ने, आन्दोलनका राजपाका नेता कार्यकर्तालाई लागेको मुद्दा फिर्ता लिनेलगायका सहमित गर्दै राजापले सरकारलाई समर्थन गरेको थियो ।

सात महिनासम्म पनि आफ्नो माग पूरा नभएपछि छठसम्मको अल्टिमेटम दिएको थियो । मंगलबार फेरि त्यही विषय सम्झाउन गएका नेताहरुलाई प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने आश्वासन दिएका हुन् ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्