Logo
९ मंसिर २०८१, आईतबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगार युवालाई आह्वान : ‘रोजगारी नपाए अदालत जाऊ’

चितवन : नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेरोजगार युवाहरु रोजगारको माग गर्दै अदालत जान सकिने बताउनुभएको छ । आज (सोमबार) पश्चिम चितवन स्थित जगतपुरमा रहेको लक्ष्मी माविको स्वर्ण महोत्सवमा बोल्दै प्रचण्डले नेपालको संविधानले मौलिक हक अन्तरगत रोजगारीको ग्यारेन्टि गरेकाले अव बेरोजगार युवाहरु अदालत सम्म जान सक्ने बताउनुभएको हो ।

संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलाई नागरिकको मुलभुत अधिकारको व्यवस्था गरेकाले अव मुद्धा हाल्ने बेरोजगार, बिरामी र शिक्षा बाट बन्चितभएका नागरिकको पक्षमा अदालतले फैसला गर्नुपर्ने बताउनुभयो । “मौलिक अधिकारको रुपमा शिक्षा, स्वास्थ्य, रोजगारीलाई संविधानमा समावेश गरेपछि कानुन त बैधानिक रुपले अव नेपालमा कसैले शिक्षा हासिल गर्न बाट बन्चित भयो भने उसले अदालतमा गएर राज्यका विरुद्ध मुद्धा हाल्न सक्छ ।

यदी कोही बेरोजगार भयो भने त्यो बेरोजगारले रोजगारीका लागि मुद्धा हाल्न सक्छ,”उहाँले भन्नुभयो, “असोज ३ गते बनेको नयाँ संविधानले दिएको कानुनले अव बेरोजगार, अनि विरामी भएका नागरिकका पक्षमा शिक्षाबाट बन्चित भएका पक्षमा फैसला गर्नुपर्छ ।”
तर संविधानले उल्लेख गरेपनि व्यवहारमा उतार्न चुनौति रहेको बताउनुभयो ।

चितवन क्षेत्र नम्वर तीनका सांसद समेत रहनुभएका प्रचण्डले देशको विकासको पक्षमा नेपाली कांग्रेश पनि रहेकाले अव सबै मिलेरे देशको समृद्धिका लागि अभियान थाल्नुपर्ने भनाई छ ।

उहाँले नेपालमा नयाँ युगको सुरुवात भएको भन्दै नेपालमै रोजगारीको व्यवस्था गर्न राज्य सक्रिय रहेको दावि गर्नुभयो । उहाँले देशमा रोजगार सृजना गर्नका लागि सरकारले प्राविधिक शिक्षालाई जोड दिएको दावि गर्नुभयो । अहिले सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार आउँदै गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले पार्टीको स्थायी कमिटिको बैठकमा बोल्ने क्रममा सकिएकाले अव पार्टी एकतालाई टुंगाउने र सरकारको कामलाई प्रभावकारी बनाउने निर्णयका साथ बैठक सकिने बताउनुभयो ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्