चौधरीलाई राजपा नेपाल पार्टीबाट निष्कासन गर्ने अध्यक्ष मण्डलको निर्णय
जनकपुरधाम : झुठो भ्रम फैलाएर भ्रमको खेती गरेको भन्दै जनकपुर स्थित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता संजय चौधरीलाई पार्टीबाट निष्कासन गर्ने जिल्ला अध्यक्ष मण्डलले निर्णय गरेको छ ।
चौधरीले पार्टीको अनुशासन तथा नीति विपरीत राजपा नेपालका प्रदेशसभा सचेतक परमेश्वर साहमाथि कुटपिट गरेको कपोकल्पित समाचार विभिन्न सञ्चार माध्यममा सम्प्रेशन गर्न लगाएको आरोप छ ।
त्यस्तै उनलाई उक्त समाचार झुठो रहेकोबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दा पनि नमानेकोले चौधरीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्न केन्द्रलाई सिफारिश साथ अनुरोध गरिएको धनुषाका संयोजक प्रमोदकुमार यादवद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
चौधरीले यसअघि केहि मिडियामा परमेश्वर साहबारे आएको समाचार भ्रामक रहेको र पार्टी भित्रको विवादलाई पार्टी भित्र छलफल समेत नगरि बाहिर अनाहकको हल्ला फिजाएकोले उनलाई अनुशासनको कारवाहीका साथै साधारण सदस्यताबाट समेत निष्कासनको लागि केन्द्र समक्ष सिफारिस पठाइएको छ ।