Logo
१२ मंसिर २०८१, बुधबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रै नेपालमा : मोबाईल ईन्टरनेटबाटै व्यवासायीक रुपमा मेवा र कुरिलो खेती

रौतहट : सुन्दा अपत्यारीलो लागे पनी रौतहटमा एकजना किशानले मोबाईल ईन्टरनेटबाटै व्यवासायीक रुपमा मेवा र कुरीलो खेती गरेका छन । जिल्लाको पश्चिम दक्षिण मौलापुर नगरपालिका ८ सोनरनियाका किशान रामेश्वर पण्डित कुम्हारले गत बर्ष देखी व्यवासायीकरुपमा मेवा र कुरीलो खेती सुरु गरेका छन ।

ईन्टरनेटको माध्यमले सबै जानकारी लिएर सुरुगरेको पहिलो बर्ष मेवा र कुरीलो खेती बाट मनग्य आम्दानी भए पछी यस पटक भने खेती बिस्तार गरेका छन । आफनो पुस्तैनी जग्गा कम भएपनी प्रतीकठा बार्षिक २५सय रुपैया दिएर पण्डितले यस पटक दुईबिगहा उन्नत जातको मेवा र दुई बिगहा कुरीलो खेती गरेको बताए ।

मोबाईल ईन्टरनेट बाट सर्च गरेर गतबर्ष देखी १० कठा जग्गामा कुरीलो र १० कठा जग्गामा मेवा खेती सुरु गरेको थिए । सबै खर्च कटाएर प्रतिकठा कुरीलो बाट बार्षिक ५०हजार र मेवा बाट सोही अनुपातमा आम्दानी भएपछी यस पटक दुबै खेती बिस्तार गरेको किशान पण्डितले जानकारी गराए ।

रोपेको ७ महिना भित्र फल्न सुरुभएको मेवा प्रति किलो ८०देखी एकसय१० सम्ममा करीव २५ कुईन्टल काठमाण्डौमा बिक्रि गरीसकेको बताए । त्यसैगरी गतबर्ष कुरीलो दुईसय रुपैया प्रतिकिलो देखी काठमाण्डौमा १२सय किलो सम्म बिक्री गरेको पण्डितले बताउछन ।

गतबर्ष कुरीलो निस्कन सुरुभएपछी काठमाण्डौका ब्यापारीले मात्र दुईसयको किलोले खरीद गरेका थिए । पछी बजार बुझदै आफनै एकजना मानिस काठमाण्डौमा राखेर बेच्न लगाउदा प्रतिकिलो १२सय सम्म हातमा आएको बताए ।

दुईबिगहा मेवा र दुईबिगहा कुरीलो खेती गर्न हालसम्म झण्डै १५लाख रुपैयाको लागत भैसकेको बताउदै पण्डितले अब मेवा र कुरीलो बाट आम्दानी सुरुहुँदा सहज भएको बताए ।

मेवाको बिउ प्रतिकिलो १०लाख रुपैयाको दरले खरीद गर्दाको समय ठुलो जोखिम थियो तर एकजना पसलले बिउको ग्यारेन्टी लिए पछी समस्या नभएको उनको भनाई छ ।

हुन त पहाड तिर हुने कुरीलो खेती तराईको माटोमा गर्ने जोखिम थियो तर खेती गर्दै जाँदा कुरीलो खेतीको लागी तराईको बलौटे माटो उपयुक्त रहेको किशान रामेश्वर पण्डितले अनुभव साटे ।

उनले मेवाको एउटा बिरुवा दुईबर्ष सम्म रहने र एउटा बोटमा एककुईन्ट ३० किलो फल्ने बिउ कम्पनीको ग्यारेन्टी रहेको उनले बताए ।

त्यसैगरी मानव शरिरको लागी अत्यधिक पौष्टिक आहार तथा जडीबुटीको रुपमा मानिने कुरिलो लाई संस्कृतमा ईन्द्रणी र अंग्रेजीमा स्पारागस भनिन्छ ।

कुरीलो रोपेको बर्ष देखी माथी फल्न थाल्ने र दुईबर्ष पछी जरामा फल्ने जडीबुटी लाई स्थानिय भाषामा सन्ताउरी ममोरा भनिन्छ ।
सन्ताउरीमा अत्यधिक मात्रामा प्रोटिन पाउने हुँदा यसलाई महिला र पशुको लागी दुग्द्ध बर्धक औषधीको रुपमा पनी प्रयोग गरीन्छ ।

एकपटक टिपेको कुरिलो १०।१२ दिन सम्म सुरक्षित रहेने र उनले फलाएको उन्नत जातको मेवा ३० दिन सम्म सुरक्षित रहने बताए ।

ब्यवशाईक मेवा र कुरीलो खेतीमा किशान रामेश्वर पण्डित,उनका दुईजना छोराहरु दैनिक आफै खटेका छन भने दैनिक तिन चारजना मानिस लाई रोजगारी समेत दिएका छन ।

यसरी जिल्लामै सम्भवत पहिलो पटक ब्यवशाईक रुपमा सुरु गरीएको मेवा र कुरीलो खेतीको लागी हालसम्म सरकारी स्तर तथा स्थानिय निकाय बाट कुनै प्रकारको सहयोग न पाएको किशान पण्डितले गुनासो गरेका छन ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्