Logo
६ माघ २०८१, आईतबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक क्रान्ती धेरै ग¥यौं, अब आर्थिक क्रान्ती गरौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिका लागि अघि बढेको बताउनुभएको छ । सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले कानुनी शासन र समाजिक न्याय सहितको लोकतन्त्रलाई मजवुद बनाएर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गरिने बताउनुभएको छ ।

“सामाजिक सद्ध्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ती हुन्छ” प्रधानमन्त्रीले भन्नुभयो “हामीले लामो समय राजनीतिक क्रान्ती ग¥यौं ।

अब आर्थिक क्रान्ती गरेर देशलाई समृद्धिको बाटोमा हिडाउनु पर्दछ ।” कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको प्रधानमन्त्रीको भनाइ छ ।

“केही केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन्” प्रधानमन्त्रीले भन्नुभयो “कहिले बैचारिक प्रभाव, कहिले द्रव्यलाभ वा कतै तिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावसायिक बनाउनु पर्दछ ।”

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्