Logo
६ माघ २०८१, आईतबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चायत सरकारले कहिल्यै पनि किसुनजीको सामना गर्न नसकेको प्रधानमन्त्री ओलीको धारणा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तनेता कृष्णप्रसाद भट्टराईलाई वि.सं. २०३० सालमा सेन्ट्रल जेलमा भेट्दा अभिभावक नै पाएको अनुभूति सुनाएका छन्। सन्तनेता स्वर्गीय भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले किसुनजीसँगका अनुभूति स्मरण गरेका हुन्।

‘अभिभावक र भरोषा भेटेको अनुभव भयो, मलाई। कुरा २०३० सालको हो,’ ओलीले थपे, ‘पञ्चायत सरकारले किसुनजीलाई जेल हालेको थियो। तर, उहाँसँग सरकार डराउथ्यो, उहाँले बोलेपछि पञ्चायत सरकार पछि हट्न बाध्य हुन्थ्यो।’ पञ्चायत सरकारले कहिल्यै पनि किसुनजीको सामना गर्न नसकेको धारणा ओली राखेका छन्। ‘पञ्च सरकार किसुनजीसँग तर्केर हिँड्यो,’ उनले भने।

प्रधानमन्त्री ओलीले पनि आफूलाई गोलघर जेलमा हालिएको उल्लेख गर्दैै किसुनजीले त्यसको विरोध गरेको स्मरण गरे। किसुनजीले लोकतान्त्रिक आन्दोलनका लागि महान् काम गरेका उल्लेख गर्दै परिवर्तनका नायकको संज्ञा ओलीले दिएका छन्। उनले वि.सं. २०४७ सालमा संविधान जारी गर्न पनि किसुनजीकै कारण सम्भव भएको बताएका छन्।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्