Logo
६ माघ २०८१, आईतबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद नवराज सिलवाल अझै तिरेनन् चुनावका बेलाको खाना-खाजाको रकम

ललितपुर : चुनावका बेला ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले स्थानीय नेता कर्याकर्तालाई खाना, खाजा खुवाउदा गरेको झण्डै पाँच लाख रकम अझै होटलहरुलाई नतिरेको तथ्य फेला परेको छ । चुनाव जितेर १ वर्ष बितिसक्दा पनि सिलवालले उक्त रकम तिर्न चासो नदेखाएपछि उनको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आलोचना हुन थालेको छ ।

प्रतिनिधि सभा चुनावको बेला आफ्नो चुनाव प्रचारका लागि सिलवालले गरेको खर्च मध्य अझै ४ लाख ८० हजार बढी रकम महाकाल गाउँपालिकामा तिर्न बाकी राखेका हुन । सिलवालले महाकाल गाउँपालिका वडा नम्बर ३ गोटिखेलमा मात्र २ लाख १२ हजार १०० रुपैयाँ तिर्न बाँकी रहेको छ । राजकुमार घलानको होटललाई १२ हजार ५ सय रुपयाँ तिर्न पर्ने देखिएको छ ।

सबैभन्दा बढी चिना थोकरको होटेल चाइना टाउनमा तिर्न बाकी छ । १ लाख बयानब्बे हजार रहेको होटल संचालकले दाबी गरेका छिन । प्रदेश ३ ललितपुर क्षेत्र नम्बर १ क कि सांसद लालकुमारी पुनले चाइना टाउन होटेलमा १ लाख तिरेको बताएकी छिन् । होटलमा तत्कालीन माओवादी केन्द्र र एमालेका कार्यकर्ताले खाना, खाजा खाएको बताइएको छ ।

चुनावताका दुई पार्टीबिच मोर्चाबन्दी भएको थियो । अहिले पार्टी एकीकरण भएको छ । फूल मायाको होटेलमा पनि ३ हजार ५ सय तिर्न बाँकी छ भने बुद्ध नेसुरले खाजा खाना खुवाएको ४ हजार १ सय रुपैयाँ तिर्न सिलवालले कुनै चासो नदेखाएको भन्दै उनीहरु असन्तुष्ट बनेका छन ।

महांकाल गाउँपालिकाको वाडा नम्बर २ मा पनि सिलवालको चुनाव प्रचारमा हिड्ने कार्यकर्तालाई गरिएको खर्च अहिलेसम्म तिरिएको छैन । जसमा १ लाख २६ हजार रुपैयाँ नतिरेको भेटिन्छ । बिन्दुमाया लामाको होटेल मानिखेलमा सबैभन्दा बढी ९२ हजार रकम तिरिएको छैन भने हिरामाया स्याङ्तान कतोनभन्ज्याङ मा २० हजार र बुद्ध नेगिको होटेल खोर भञ्ज्याङ्मा १४ हजार तिर्न बाँकी रहेको उनले बताए ।

सोही गाउँपालिकाको वाडा नम्बर ५ चन्दनपुरमा १ लाख ५ हजार ४ सय तिर्न बाँकी रहेको त्यहाँका होटेल संचालकका जनाएका छन ।सीताराम दाहालको होटेलमा मात्रै ३६ हजार तिर्न बाँकी रहेको विवरण जिल्ला पार्टीमा बुझाएको उनीहरुले दाबी गरेका छन । आफ२हरुले बिल नै पार्टीको च्यानल मार्फत पेश गरेको होटल संचालकहरुको भनाइ छ तर उक्त बिल कहाँ छ भन्ने बारे पार्टीले कुनै जानकारी दिएको छैन ।

चन्दनपुरकै कुमार नेगीकोमा ३३ हजार र कर्म वाइवाको होटलमा २६ हजार तिर्न बाकी रहेको उनीहरुले जिकिर गरेका छन । होमबहादुर घलानको होटेललाई समेत १० हजार तिर्न बाकी रहेको भन्दै उनीहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराइरहेको बताउँछन् ।
चुनावको बेला प्रदेश सांसद सुशीला र प्रतिनिधि सभा सांसद सिलवालले संयुक्त रुपमा खर्च गर्ने सहमती गरेको थिए । आफ्नो भागमा परेको खर्च सबै साढे तीनलाख तिरेको सुशीलाले बताइन ।

चुनावकै बेला खर्च भएको रकम भन्दै सोही गाउँपालिकाको वार्ड नम्बर ४ कालेश्वरमा रोमबहादुर थोकरले आफ्नो ३७ हजार रकम नतिरेको जिकिर गरेका छन । चुनाव भएको १ वर्ष बितेका कारण भएका खर्चको आधिकारिकता खोज्न समस्या भएको नेकपा जिल्ला पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्