Logo
६ माघ २०८१, आईतबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरोप प्रत्यारोपबीच नेकपा बैठक जारी : आज ओली-नेपाल आमने-सामने, साथमा खनाल पनि

काठमाडौं : पछिल्लो एक हप्तादेखि राजधानी काठमाण्डौमा चलिरहेको नेपाल कम्युनिष्ट पार्टीको बैठक आरोप प्रत्यारोपमा चलिरहेको छ । आज प्रतिवेदनमाथिको छलफल सकिनेछ । आज बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले पनि बोल्नेछन् ।

चार नेता स्थायी समिति बैठकमा छैनन । प्रदीप ज्ञवाली, जर्नादन शर्मा, देवेन्द्र पौडेल स्थायी समितिको बैठकमा छैनन । एक सातादेखि जारी नेकपाको स्थायी समिति बैठकमा सरकार ‘दलाल पुँजीपति’ ले चलाएजस्तो देखिएको भन्दै नेतृत्वमाथि प्रश्न उठेको छ ।

सरकार र पार्टी नेतृत्वको व्यापक आलोचना भइरहेको बैठकमा शुक्रबार नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट सरकारले भ्रष्टाचार रोक्नुपर्नेमा उल्टै दलाल पुँजीपतिले प्रयोग गरेजस्तो देखिएको आरोप लगाए । आज बिहान ८ बजेपछि बैठक बस्दैछ ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्