Logo
१२ मंसिर २०८१, बुधबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक लगानी कोषमा अनियमितताको आशंका, छानविन गर्न शेयरधनीको माग

काठमाडौं : नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल छ । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न उठाइसकेको छ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७३/७४ मा नागरिक लगानी कोषले अधिकांश काम प्रक्रियागत रुपमा देखिएको छैन । कोषले भौतिक सम्पत्तिको परीक्षणसमेत नगराएको र जोखिम कम हुने लगानीका क्षेत्र पहिचान गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।

यसले शेयरधनीमा समेत समत्रास फौलाएको छ भने शेयरधनी रुष्ट छन् । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले हालै राजधानीमा २३औँ वार्षिक साधारणसभामा आव २०७३/७४को मात्रै प्रतिवेदन पेश गरेको स्रोत बताउछ ।

उक्त प्रतिवेदनमाथि टिप्पणी गर्दै शेयर सदस्य जयन्द्र बानियाँले नागरिक लगानी कोषको हिसाबमा भद्रगोल देखिएको भन्दै संलग्न व्यक्तिलाई कारवाहीको माग गरे । यसरी कारबाहीको माग गर्नेहरुमा दर्जनौं शेयरधनी छन् । उनीहरुले सही रुपमा छानविन हुनुपर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्