नेकपा स्थायी कमिटीको बैठक आज पनि जारी
काठमाडौं : नेकपा स्थायी कमिटी बैठक आज शुक्रबार पनि जारी रहने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ८ बजेपछि बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी हुनेछ ।
बिहिबारमात्रै सदस्यहरु किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
बैठकमा बोल्ने अधिकांसले सरकार र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट जनाएका छन् । यसअघि ३४ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।