Logo
६ माघ २०८१, आईतबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारप्रति नेकपाका नेताहरुको चरम आक्रोश : यसकारण लम्बिदैछ स्थायी समिति बैठक

काठमाडौ : धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा २९ मंसिरदेखि जारी नेकपा स्थायी समितिको बैठक अझै केही दिन लम्बिने स्थिति देखिएको छ।

स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा एक दिनमा १० जना भन्दा धेरैले बोल्ने स्थिति नरहेपछि बैठक अझै केही दिन लम्बिने स्थिति देखिएको हो।

बैठकमा स्थायी समिति सदस्यहरुलाई बोल्नका लागि २० मिनेटको समय दिइएको छ, जसले गर्दा १० जना भन्दा बढीले बोल्न पाएका छैनन्।

जारी बैठकमा पनि किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहोरा, पम्फा भूषाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र बिष्णु रिमाल गरी ८ जनाले बोलेका थिए।

बुधबार र मंगलबारको बैठकमा पनि ८–८ जना नेताहरुले बोलेका थिए भने सोमबारको बैठकमा १० जना नेताले बोलेका थिए। यस हिसावले ५१ मध्ये अहिलेसम्म ३४ जनाले बोलेका छन् र १७ जनाले अझै बोल्न बाँकी छ ।

र, अध्यक्षद्वयले समेत बोल्दा अझै कम्तिमा ३ दिन लम्बिने देखिन्छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण बैठक बिहान ८ बजे आयोजना भई ११ बजे सकिने गरेको छ।

बैठकमा अध्यक्षदवय ओली र प्रचण्ड दुबैले जवाफ दिनेछन्। त्यसैले, यही हिसावले बैठक जारी रहँदा कम्तिमा आइतबारसम्म लम्बिनेछ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्