कठिन अवस्था पार गर्दै कांग्रेस नेताहरू बल्ल पुगे सहमतिनजिक
काठमाडौं : लामो समयको बैठक पछि नेपाली कांग्रेसका विधान मस्यौदामाथि सहमति जुटाउन बसेका नेताहरू सहमतिनजिक पुगेका छन् ।
मुख्य गरी पदाधिकारी विवादमा शीर्षनेताहरू सहमतिनजिक पुगेका छन्। १४ पदाधिकारी राख्ने गरी सहमतिनजिक पुगेको स्रोतले बताएको छ ।
सभापति १, उपसभापति २, जसमध्ये एक मनोनीत गर्ने, २ महामन्त्री त्यसमा दुवै निर्वाचित, सहमाहमन्त्री ७ समावेशी बनाउने, एक कोषाध्यक्ष मनोनीत र एक प्रवक्ता मनोनीत गर्ने गरी सहमति गर्न लागेको स्रोतले बताएको छ ।