Logo
६ माघ २०८१, आईतबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय समितिको बैठक पून: स्थगित

काठमाडौं : लामो विवादपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटे पनि थपघट गर्नु पर्ने भन्‍दै केन्द्रीय कार्यसमितिको बैठक साँझसम्‍मको लागि स्थगित गरिएको छ ।

उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको थियो । कांग्रेसको अहिलेको विधानमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र ६ जना पदाधिकारी रहने व्यवस्था छ।

जसमा सभापतिसहित दुई जना उपसभापति, दुईजना महामन्त्री, दुई जना सहमहामन्त्री र एकजना कोषाअध्यक्ष रहने छन् । कार्यदल सदस्य रमेश लेखकका अनुसार कोषाअध्यक्ष बाहेक अरु सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछ ।

जसमा एक÷एकजना उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले मनोनित गर्दै आएका थिए भने सभापति, एकजना महामन्त्री र कोषाअध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ।

अब संशोधित विधानमा पदाधिकारीसहित एक सय ६१ केन्द्रीय सदस्यमध्ये ५४ जना समावेशी कोटाबाट निर्वाचित हुनेछन् । जसको ५० प्रतिशत अर्थात २७ जना महिला हुनुपर्नेछ । लेखकका अनुसार ३३ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनित गर्ने व्यवस्थामा विधानमा राखिनेछ ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्