Logo
६ माघ २०८१, आईतबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.गिरीको आज अन्तेष्टि गरिदै, पशुपति आर्यघाटमै पुगेर पुर्वराज ज्ञानेन्द्र शाहले श्रद्धाञ्जली दिने

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको पार्थिव शरिरलाई अज पशुपति आर्यघाटमा दाह सस्कार गरिदैछ । परिवारले पूर्व प्रधानमन्त्रीलाई दिने सरकारी सलामी अस्वीकार गरेको छ । स्वर्गीय गिरीको पार्थिव शरिरलाई बुढानिलकण्ठ स्थित उनको निवासमा अहिले बाकसमा राखेर इसाई धर्मावलम्बीहरूको जस्तै वरिपरि सेतो फूल राखिएको छ ।

ज (बुधबार) दिउँसोे ३ बजे पशुपतिको विद्युतीय शवदाह गृहमा गिरीको अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएका छन् । मंगलबार बिहान बुढानिलकण्ठ स्थित आफ्नै निवासमा डा. गिरीको निधन भएको थियो । उनका परिवारले गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने बताएका छन् ।

सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ । ‘सलामी दिनेबारे हामीसंग सोधिएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’ पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले भनिन्-‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको छ ।

उहाँले स्वयं नै मृत्युपूर्व आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिनु भएको थियो ।’ उनले भनिन्- ‘सामान्य किसिमले गर्नु भनेर लेखेर राखिदिनुभएको थियो, तर्सथ यसमा कुनै दुई मत नै भएन’ ।

गिरी पञ्चायती व्यवस्थाका ‘सूत्रधार’ मात्र होइन, ‘आमा’ का रूपमै परिचित थिए ।  उनलाई श्रद्धाञ्जली दिन काँग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी लगायत पार्टीका नेता कार्यकर्ता मङ्गलबार बुढानिलकण्ठ पुगेका छन् । श्रद्धाञ्जली दिन पुर्व राजा ज्ञानेन्द्रपनि आउने आस गरिएको थियो तर उनी उनको निवासमा आएनन् । हाल पोखरामा रहेका पुर्वराजा शाह काठमाण्डौ आएर सिधै आर्यघाटमै पुग्ने बताइएको छ ।

को हुन् गिरी ?

सिरहाको खान्दानी परिवारमा जन्मेका गिरी सबै भन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्तिका रुपमा चिनिन्छन् । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्त गरेपछि बिपी कोईरालालाई हटाएर गिरीलाई प्रधानमन्त्री बनाएका थिए । जतिबेला ३४ वर्षका थिए । त्यसको चार वर्षपछि २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री भए ।

राजनीतिमा गिरी 

भारतमा चिकित्सा अध्ययनपछि कांग्रेस राजनीतिमा होमिएका उनी सहयात्रीलाई जेल र प्रवास पठाउँदै कालान्तरमा पञ्चायतकै हर्ताकर्ता बन्न पुगे । डा. गिरीले राजात्रय महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट रहेर राजनीति गरे । उनलाई २०१७ पछि नेपालको राजनीतिमा दरबार पक्षधर रणनीतिकार भनिन्छ ।

०६१ सालमा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए डा तुलसी गिरी । ०३७ सालपछि नेपाली राजनितीमा विभिन्न उतार चढाब आए पनि गिरी चर्चामा थिएनन् । राजा विरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गरेपछि असहमति जनाउदै श्रीलंका लागेका थिए गिरी । उनीसंग संगत गर्नेहरुले ‘कडा राजावादी’ का रुपमा ब्याख्या गर्थे । ३० वर्षे पञ्चायती शासनको सुत्राधार गिरी नै हो भन्ने धेरै थिए ।

जब राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिँदै उपाध्यक्ष बनाए । कतिपय राजावादीहरुले आशावादी हुँदै भने पनि ‘अर्को तीस वर्ष खाए गिरीले ।’ दलका नेताहरुप्रति जनमानसमा देखिएको वितृष्णाले पनि गिरीको शासन शैलिप्रति आश गर्नेहरुलाई बल मिलेको थियो । तर, गिरीको सुझाब र राजा ज्ञानेन्द्रको शैलि २१ औ शताब्दीको जनमानसले स्वीकार्न सकेन ।

 

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्