तरुण दलका वर्तमान तथा पूर्व पदाधिकारीको छुट्टै भेला, सभापति देउवाबारे निष्कर्ष यस्तो
काठमाडौँ : यूवा संगठन तरुण दलका पूर्व तथा वर्तमान पदाधिकारीहरु कांग्रेस सभापति शेरबहादुर देउवाको वचाउमा उभिएका छन् । महासमिति बैठकको क्रममा सभापति देउवाको आलोचना तीव्र भएपछि खाँडकै पहलमा बैठक भएको हो । उनीहरु देउवाको बचाउमा लागेका हुन् ।
महासमिति बैठक जारी रहेका बेला तरुण दलका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बिहान भएको छुट्टै भेलाले पार्टीको सुदृढिकरण नेतृत्वको आलोचना गरेर मात्रै नहुने निष्कर्ष निकालेको छ । त्यसका लागि पार्टीका कार्यकर्ताहरु पनि सुध्रिनु पर्ने निष्कर्ष बैठकले निकालेको तरुण दलका पूर्व उपाध्यक्ष जन्मजय तिमल्सिनाले बताए ।
बैठकमा तरुण दलको पूर्व अध्यक्षको हैसियतमा नेता बालकृष्ण खाँडसहित तरुण दलका वर्तमान अध्यक्ष जितजंग बस्नेतसम्मको सहभागिता थियो । तरुण दलमा नेता खाँडको पकड राम्रो छ र खाँड देउवाका समर्थक हुन् ।