Logo
६ माघ २०८१, आईतबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ-प्रतिपक्ष पार्टीलाई बलियो बनाउन आन्तरिक कसरतमा

काठमाडौं : यतिबेला सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल कांग्रेस पार्टीलाई बलियो बनाउन जुटेका छन् । नेकपाको स्थायी समिति बैठक चलिरहेको छ भने कांग्रेसको महासमिती बैठक चलिरहेको छ ।

यी दुवै दलले पार्टीलाई बलियो बनाउने विषयमा छलफल गरिरहेका छन् । कांग्रेसमा बिहानै केन्द्रीय समिति बैठक बोलाइएको छ । आज सहमति गरेर विधान पेश हुने महामन्त्री प्रकाशशरण ममतले जानकारी दिए ।

पार्टी बैठकले प्रतिपक्षको भुमिकालाई कसरी बलियो बनाउने बारेपनि छलफल गरिरहेको छ । नेकपा स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । बैठकमा आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादीका नेता नरम रहेको बुझिन्छ ।

बामदेव गौतमलगायतले राखेको प्रतिवेदनमाथि छलफल गर्न आज बैठक छ । यी प्रस्तावमाथि छलफल गरी नेकपाले पार्टीलाई बलियो बनाउने गरी कुनै निर्णय लिने र सरकारको भुमिकालाई थप मजबुद बनाउने सम्बन्धमा निर्णय लिने बुझिएको छ ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्