Logo
६ माघ २०८१, आईतबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैठकमा १० नेताले राखे आफ्नो धारणा, गौतमप्रति सबैको ध्यानआकर्षण बढ्दो

काठमाडौं : गत शुक्रबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ । बैठकमा आज १० जना नेताले आफ्नो धारणा राखेका छन्। अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा अध्यक्षद्वय तथा अर्का नेता वामदेव गौतमले राखेको प्रतिवेदनका विषयमा पनि छलफल हुँदै छ । बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेतलगायत १० जना नेताहरुले आफ्नो धारणा राखेका हुन् । बैठकमा हरिवोल गजुरेलले लिखतमै सुझाव पेश गरेका छन् ।

त्यसपछि हरिवल गजुरेलले लिखित प्रतिवेदन पेश गरेका थिए। घनश्याम भुसालले ३० बुँदे असन्तुष्टि र सुझाव मौखिक पेश गरेका छन्। अध्यक्षहरुको प्रतिवेदन माथि टिप्पणी राख्नेहरुमा अस्टलक्ष्मी शाक्य, गणेश शाह, अग्नि सापकोटा, शक्ती बस्नेत, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने र बेदुराम भुषाल थिए।

सरकार एकलौटी ढंगबाट चलेको, पार्टी एकिकरणमा बिलम्व गर्दा सर्बत्र आशंका र समस्या उब्जिएको असन्तुष्टि साझा थियो ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्