Logo
६ माघ २०८१, आईतबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दूराष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र सम्भव छ : अध्यक्ष थापा

कैलाली : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभएपनि असम्भव पनि नभएको जिकिर गरेका छन् । अध्यक्ष थापाले नेपाल जस्तो देशका निमित्त सङ्घीयता भन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताए ।

धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू- राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताए।

अध्यक्ष थापाले २०६२/६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे-जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति संगठनन निर्माण, जनपरिचालनसम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसङ्घर्ष कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको बताए।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्