Logo
६ माघ २०८१, आईतबार
(December 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी आह्वान

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरेको छ ।

आइतबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जबराविरुद्ध पुस ११ गते सम्म समितिसमक्ष र ७७ जिल्लाका प्रशासन कार्यालयमा उजरी दिन सकिने समितिले जनाएकाे छ। उजुरीकर्ताले चाहनाअनुसार सूचना गाेप्य राख्न पनि सकिने समितिले जनाएकाे छ ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको १० दिनपछि संकलित उजुरीमाथि सुनुवाइ हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि जबरा सर्वोच्च अदालतको २९ ‌औँ प्रधानन्यायाधीशमा नियुक्ति हुनेछन् ।

प्रकाशित मिति: Dec 17, 2018

प्रतिक्रिया दिनुहोस्