Logo
६ माघ २०८१, आईतबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दू राष्ट्रका लागि नेपाली कांग्रेसमा चर्को दवाब : महासमिति बैठकमा हस्ताक्षर संकलन

काठमाडौं :  नेपाली कांग्रेसको जारी महासमिति बैठक हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन सुरु भएको छ । कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको एक केन्द्रीय नेताले बताए ।

प्रशान्तमान सिंह नेतृत्वको एक समूहले संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई आज बुझाउने तयारी गरेका छन् । ‘हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ ।

यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं ।’ तीन सय बढी महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरेका छन् । तर बैठकमा एजेन्डा उठान गर्न २५ प्रतिशत अर्थात् चार सय जनाको हस्ताक्षर चाहिने छ ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्