Logo
४ माघ २०८१, शुक्रबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमाक्षेत्रमा आक्रमण भएपछि इरानी कुटनीतिज्ञसँग विरोध, पाकिस्तानसँग सहकार्य गर्न इरान तत्पर

इस्लामाबाद : इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ ।

उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले उक्त आक्रमणमा जिम्मेदार सशस्त्र समूहलाई कार्यबाही गर्न इरानी राजदूत समक्ष आग्रह गरिएको जनाएको छ ।

उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, र दुबै देशले आक्रमणकारीको पहिचान पनि खुलाएका छैनन् । झण्डै ३० जनाको समूहमा आएका लडाकूले शुक्रबार गस्तीमा रहेको पाकिस्तानी सेनाको टुकडीमाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट ६ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका थिए । गोली हानाहानका क्रममा चारजना आक्रमणकारी लडाकू पनि मारिएका थिए ।

इरानले शनिबार नै एक वक्तव्य प्रकाशन गरी उक्त आक्रमणको भत्र्सना गर्नुका साथै पाकिस्तानसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । पाकिस्तान–इरानको सीमाक्षेत्रमा केही सशस्त्र लडाकू समूहहरुका साथै लागूऔषधका तस्करहरु सक्रिय छन् ।

गत अक्टोबरमा पनि इरानी सीमा सुरक्षा चौकीमा आक्रमण गरेका लडाकूहरुले एक दर्जन इरानी सुरक्षाफौजका सदस्यलाई पक्राउ गरेका थिए । यीमध्ये पाँच जनालाई गत महिना पाकिस्तानमा मुक्त गरिएको थियो ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्