Logo
११ मंसिर २०८१, मंगलबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध नेपाल बनाउन खेल क्षेत्रको विकास हुन आवश्यक : मन्त्री विश्वर्कमा

साँखु : नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पहिले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताए ।

शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताए ।

फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै नगरस्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुग्ने विश्वास रहेको मन्त्रीले बताए ।

नगरस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रथम भएको शङ्खरापुर नगरपालिका-९ लाई एक लाख, दोस्रो भएको वडा नं २ लाई ५० हजार र तेस्रो बनेको वडा नं १ लाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा मन्त्री विश्वर्कमाले सम्मान गरेका थिए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्