सरकारी कर्मचारीलाई खुसीको खबर : स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने
काठमाडौँ : स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अध्यादेशमा स्वैच्छिक अवकास सम्बन्धी कुनै पनि व्यवस्था नभएको हुँदा स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहन नपर्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ३० ले कर्मचारी समायोजन ऐन, २०७४ लाई खारेज गरेको र उक्त अध्यादेशमा स्वैच्छिक अवकाश सम्बन्धी कुनै पनि व्यवस्था नभएको हुँदा अब आइन्दा स्वैच्छिक अवकाशको निवेदन फिर्ता लिइरहनु नपर्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’