Logo
११ मंसिर २०८१, मंगलबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेल क्षेत्र प्रदेश नं १ सरकारको सबैभन्दा प्राथमिकतामा : मुख्यमन्त्री राई

काठमाडौँ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन ।मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “खेलकूदले नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ ।”

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रतिवर्ष रु एक करोड उपलब्ध गराउने प्रदेश सरकार र अखिल नेपाल फुटबल सङ्घबीच सम्झौता भएको जनाएको छ । सो सम्झौता पत्रमा मुख्यमन्त्री शेरधन राई र सङ्घका अध्यक्ष कर्मासिंह शेपाले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री राईले राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताए।

अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मासिंह शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल सङ्घको तर्फबाट अध्यक्ष कर्मासिंह शेपाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

यसैगरी, प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ र प्रदेश खेलकूद बोर्डको परामर्शमा मन्त्रिपरिषद्द्वारा गठित आयोजक समितिलाई प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रति वर्ष रु एक करोड उपलब्ध गराउने छ ।

प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट समूह, ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल समूहबाट तीन गरी बढीमा १६ समूहको सहभागिता रहनेछ ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्