Logo
६ माघ २०८१, आईतबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुम्बाराहीमा नेकपाको तेस्रो स्थायी कमिटी बैठक सुरु

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो ।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक सम्पन्न, यी विषयमा छलफल भयो

यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रिय सदस्यहरुलाई अधिकार दिने, पार्टी सुदृढीकरण गर्ने र पार्टीलाई अब सामूहिक नेतृत्वमा लैजानुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा दुई अध्यक्षले स्थायी कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजना समेटिएको नेकपाले वनाएको छ ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्