Logo
६ माघ २०८१, आईतबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा गच्छदारको विद्रोह ! चेतावनीपछि पाए २ सय महासमिति सदस्य र डेढसय पर्यवेक्षक

काठमाडौं : आजबाट औपचारिक रुपमा नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुन लागेको छ ।

महासमिति बैठकले गर्दा पार्टीभित्र यतिबेला ‘गरम’ बढाएको छ । पदाधिकारीमा सहमति जुट्न सकेको छैन भने नेताहरु आफ्नो भाग खोज्न कस्सिएका छन् ।

गत सालको आम निर्वाचनताका कांग्रेससँग एकता गरेर भित्रिएका विजयकुमार गच्छदारले माग पूरा नभए विद्रोह गर्ने चेतावनी दिएपछि अन्ततः उनलाई २०० महासमिति दिने सहमति भएको छ ।

स्रोतका अनुसार, कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेरै गच्छदारलाई २०० महासमिति सदस्य र १५० पर्यवेक्षक दिने भएका हुन् । यसअघि उनले महासमितिमा मागेजति कोटा नपाएमा विद्रोह गर्ने चेतावनी दिएका थिए । तर उनले त अझै १०० महासमिति सदस्य पाउनुपर्ने माग गर्दै आएको बुझिन्छ ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्