Logo
६ माघ २०८१, आईतबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अव ठाँउका-ठाँउको कारवाही गर्नुपर्छ, कर्मचारीहरुले नै संघीयतालाई धरापमा पार्दैछन् : मन्त्री यादव

सिरहा : उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सिरहामा मन्त्री यादवले कर्मचारीहरुले नै संघियतालाई धरापमा पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।  यादवले प्रदेश नं. २ मा २ हजार एक सय ८१ कर्मचारी आवश्यक रहेपनि आजसम्म दुई सय ५१ जना कर्मचारी मात्र रहेको भन्दै कर्मचारी विभिन्न बाहाना देखाएर संघियताकै विपक्षमा रहेको बताए । ‘अव ठाँउका-ठाँउको कारवाही गर्नुपर्छ’ उनले भने-‘यूनियन-फुनियनका नाममा कर्मचारीहरुले अत्ति नै गरे ।’

उनले भने, ‘नेपाल सरकारको कर्मचारी हो, ‘उसले जहाँ गएर पनि सेवा गर्नुपर्छ, तर अहिले विभिन्न बाहाना देखाएर संघियतालाई नै धरापमा पार्ने काम गरिरहेको छ ।’  उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमुलक उद्योग सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

उद्योग व्यापार संघ, गोलबजारको नव निर्वा्चित पदाधिकारीको पदस्थापन तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले व्यापारले मात्र देश समृद्ध नहुने नहुने भएकाले व्यवसायीहरुलाई उत्पादनमूलक उद्योग सञ्चालन गर्न आग्रह गरे ।

‘आज पनि युवाहरुको ठूलो हिस्सा रोजगारीको लागि विदेश पलायन भईरहेको छ, त्यो समुहलाई आफ्नै मूलुकमा रोजगारी सृजना गरेर रोक्न सकेमात्र मुलुक समृद्धिको दिशामा अगाडी बढ्छ । त्यसको लागि व्यवसायीहरुले आफूलाई हिम्मत गरेर उत्पादन मुलक उद्योगहरु संचालनमा लाग्नैपर्छ ।’

नेपाललाई आज विश्वमा मजदुर उत्पान गर्ने मूलुकको रुपमा चिन्ने गरेको भन्दै यो खराव परिचय फेर्न र रोजगारीको लागि विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारी दिन व्यवसायीहरुले उद्योग धन्दा सञ्चालन गनुपर्ने मन्त्री यादवको जोड थियो । नयाँ उद्योग सञ्चालनका लागि सरकारको तर्फबाट गर्न सकिने सवैखालको सहयोग गर्न आफूतयार रहेको पनि मन्त्री यादवले प्रतिवद्धता जनाए ।

कार्यक्रममा २ नम्वर प्रदेशका आर्थिक मामिला तथा सामाजिक विकास मन्त्री विजयकुमार यादवले संघीयता अझैपनि संक्रमणकालमै रहेको भन्दै संघीयता विरोधीहरुले अझै विभिन्न खालको भ्रम फैलाइरहेकोले सतर्क रहन आग्रह गरे । उनले भने, ‘स्थानीय, प्रदेश तथा संघिय निर्वाचन पश्चात सरकार बनेको वर्ष्दिन वितिसक्दा पनि कर्मचारीहरुले संघीयताको मर्मअनुसार काम गर्न आनाकानी गरिरहेका छन् ।’

कार्यक्रममा संघीय सासंद लिलानाथ श्रेष्ठ, पूर्व सामान्य प्रशासन मन्त्री अजयशंकर नायक, प्रदेश सासंदहरु रामकुमार यादव, प्रमोद यादव, जगतप्रसाद यादव लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्